• 5:41 pm

यू–१५ महिला साफ च्याम्पियनसिपः भुटानसँग नेपालको साँघुरो जित, बंगलादेशसँगको खेल निर्णायक

प्रकाशित मिति

२०७९ कार्तिक २३ गते, बुधबार ०७:२७

२३ कात्तिक २०७९, काठमाडौँ : बंगलादेशमा जारी साफ यू–१५ महिला साफ च्याम्पियनसिपमा नेपालले लगातार तेस्रो खेलमा जित निकालेको छ। प्रतियोगितामा तेस्रो जितसँगै नेपाल उपाधि नजिक रहेको छ। अन्तिम खेलमा नेपाललाई बंगलादेश विरुद्व बराबरीलेनै च्याम्पियन बनाउनेछ। यदि बंगलादेशसँग पराजित भएको खण्डमा भने गोल अन्तर निर्णायक हुने छ।


बुधबार भुटानमाथि १–० को जित निकाल्दा सेनु परियारले गरेको एक मात्र गोल निर्णायक बन्यो। बंगलादेशको ढाकास्थित बीएसएसएसएमके स्टेडियममा ४९ औं मिनेटमा सेनुले निर्णायक गोल गरेकी थिइन्। राउन्ड रोविन लिगको पहिलो खेलमा भुटानलाई ७–० को फराकिलो अन्तरले हराएको नेपाले दोस्रो खेलमा भने भुटानको बलियो रक्षापंक्ति चिर्नका लागि संघर्ष गर्नु परेको थियो। जितसँगै नेपालको ३ खेलबाट ९ अंक पुगेको छ।


समान खेलबाटै बंगलादेशको ६ अंक रहेको छ। लगातार चौथो खेलमा हार भोगेको भुटान गोल र अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरियो । ३ राष्ट्र सहभागी प्रतियोगिता डबल राउन्ड रोबिनका आधारमा भइरहेको छ। लिग अंक तालिकामा शीर्ष स्थानमा रहने टिम च्याम्पियन बन्ने छ।

प्रतिकृया