• 1:22 am

उत्तर कोरियाको दाबीः रुसलाई हतियार पठाएको छैन

प्रकाशित मिति

२०७९ कार्तिक २३ गते, बुधबार ११:३३

२३ कार्तिक २०७९, प्योङयाङ : उत्तर कोरियाले युक्रेनमा युद्धका लागि रुसलाई गोप्य रूपमा हतियार पठाएको अमेरिकी दाबीलाई खारेज गरेको छ । उसले मस्कोलाई कहिल्यै हतियार नबेचेको र बेच्ने योजना पनि नभएको स्पष्ट पारेको छ ।


गत साता ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले उत्तर कोरियाले रुसलाई महत्वपूर्ण संख्यामा हतियार उपलब्ध गराएको दाबी गरेका थिए । उत्तर कोरियाले मध्यपूर्व र उत्तर अफ्रिकी देशमार्फत ढुुवानीलाई गर्न खोजेको र वाशिंगटनले ढुवानीहरू प्राप्त भएको छ कि छैन भनेर निगरानी गरिरहेको बताएका थिए ।


अमेरिकाले उत्तर कोरियाले मस्कोमा हतियार पठाउन खोजेको बताइरहेका बेला आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सी केसीएनएले त्यसको खण्डन गरेको हो । उत्तर कोरिया र अमेरिकाबीच पनि सम्बन्ध तनावपूर्ण रहँदै आएको छ ।

प्रतिकृया