• 6:27 pm

आजदेखि बीमा समिति बन्यो बीमा प्राधिकरण

प्रकाशित मिति

२०७९ कार्तिक २२ गते, मंगलवार १२:२९

२२ कार्तिक २०७९, काठमाडौं : आजदेखि बीमा समिति नेपाल बीमा प्राधिकरण बनेको छ । आज (कार्तिक २२ गते, मंगलबार) देखि नेपालको संविधान बमोजिम सङ्घीय संसद्बाट बनेको बीमा ऐन, २०७९ लागू भएको छ । बीमा ऐन, २०७९ बमोजिम बीमा समिति ‘नेपाल बीमा प्राधिकरण’ मा रूपान्तरण भएको हो । प्राधिकरणले आजैदेखि औपचारिक रूपमा काम समेत सुरू गरेको छ ।


बीमा ऐन २०७९ कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण कामकारबाही प्राधिकरणमा रूपान्तरण भएको छ । ऐनको व्यवस्थाअनुसार हाल कायम समितिका अध्यक्षलगायत सञ्चालकहरूले स्वतः प्राधिकरण सञ्चालकमा निरन्तरता पाउनेछन् । यस्तै समितिका कर्मचारी र यसले गर्दै आएको काम कारबाहीको दायित्व पनि स्वतः प्राधिकरणमा सर्नेछ ।

प्रतिकृया