• ११:१९ २०८० फाल्गुन १३ गते
  • 11:19 am

प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा

प्रकाशित मिति

२०७९ कार्तिक २२ गते, मंगलवार ११:५५

prabhu bank number e1621899626236

२२ कार्तिक २०७९, काठमाडौं : प्रभु बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । बैंकका ८ जना संस्थापक सेयरधनीहरूले कुल ५० लाख १६ हजार १ सय ९९ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले बैंकले उक्त सेयरहरू बिक्री गर्न लागेको हो । उक्त सेयरको मूल्य प्रतिकित्ता १८० रुपैयाँ तोकिएको छ ।


बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रिय कार्यालय, बबरमहल, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो । त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि बैंकले जनाएको छ ।

प्रतिकृया