• 4:53 pm

नागरिक स्टक डिलरको लाभांश घोषणा

प्रकाशित मिति

२०७९ कार्तिक २२ गते, मंगलवार १०:४४

२२ कार्तिक २०७९, काठमाडौं : नागरिक स्टक डिलर लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको कार्तिक १६ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार तेस्रो वार्षिक साधारण सभा मंशिर १८ गते नागरिक लगानी कोषको कार्यलय नयाँबानेश्वर, काठमाडौँमा अपरान्ह ४ बजेदेखि सुरू हुनेछ । सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ६.८५ प्रतिशत बोनश सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।


यसैगरी, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ ।


कम्पनीको जारी पूँजीको ३० प्रतिशतले हुने १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता शेयर सर्वसाधारणमा (सर्वसाधारण समुहभित्र नै बर्गिकरण हुने गरी कर्मचारीलाई छुट्याइएको २ प्रतिशत सेयर सहित) प्राथमिक सेयर (आईपिओ) निष्कासन गर्ने छ ।

प्रतिकृया