• 7:09 pm

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७९ कार्तिक २२ गते, मंगलवार ०६:२६

२२ कात्तिक २०७९, काठमाडौँ : नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३० रूपैयाँ ७८ पैसा र बिक्री दर १३१ रूपैयाँ ३८ पैसा रहेको छ। युरो एकको खरिद दर १३० रूपैयाँ ५८ पैसा र बिक्री दर १३१ रूपैयाँ १८ पैसा रहेको छ।


बेलायती पाउण्ड एकको खरिद दर १४९ रूपैयाँ ७४ पैसा र बिक्री दर १५० रूपैयाँ ४२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७६ पैसा र बिक्री दर ३५ रूपैयाँ ९३ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

प्रतिकृया