• ०५:२३ २०८० फाल्गुन १२ गते
  • 5:23 am

पिर्का प्रहार गरी बुबाको हत्या गरेको अभियोगमा पक्राउ

प्रकाशित मिति

२०७९ कार्तिक २१ गते, सोमबार ०४:२५

crime

२१ कात्तिक २०७९, काठमाडौँ : आफ्नै बुबा ५४ वर्षीय मानसिंह घर्तिलाई काठको पिर्का प्रहार गरी हत्या गरेको अभियोगमा त्रिबेणी गाउँपालिका-४ पोखरी बस्ने २३ वर्षीय संदिप घर्तिलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।


घरको भान्सा कोठामा दुवै जना बसेर मादक पदार्थ सेवन गरेपछि घरायसी विवादमा संदिपले पिर्का प्रहार गर्दा मानसिंहको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जुगार, अस्थायी प्रहरी पोष्ट बुढागाँउ र ईलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिकृया