• ०४:४९ २०८० फाल्गुन १२ गते
  • 4:49 am

वीरगञ्जमा करेन्ट लागेर एक जनाको मृत्यु

प्रकाशित मिति

२०७९ कार्तिक २१ गते, सोमबार ०२:१८

electricit shock

२१ कात्तिक २०७९, काठमाडौँ: वीरगञ्जमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ, एक जना घाइते भएका छन् । बहुदरमाई नगरपालिका–४ बहुअरी पिडारी बस्ने ४५ वर्षीय नागेन्द्रप्रसाद यादवको मृत्यु भएको हो । भने वीरगञ्ज–३२ चोर्नी बस्ने १९ वर्षीय सिकेन्द्र प्रसाद यादव घाइते भएका हुन् । वीरगञ्ज–२२ ड्राइपोर्ट परवानीपुर सडकखण्डको जगरनाथपुरस्थित क्वालिटी धर्मकाटा छेउमा ना ८ ख ३८४९ नम्बको टिपरले माटो खसालेको थियो ।


माटो खसालेर टिपर ब्याक गर्ने क्रममा विद्युतको तार चुडिएको थियो । चुडिएको तारले ड्राइपोट्रबाट परवानीपुर तर्फ जाँदै गरेको ना ४६ प ५५४२ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका दुवै जनालाई उपचारका लागि नारायणी अस्पताल वीरगञ्ज ल्याउने क्रममा नागेन्द्रको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

प्रतिकृया