• 4:28 pm

महालक्ष्मी विकास बैंकको दुई कलेजसँग सहकार्य

प्रकाशित मिति

२०७९ कार्तिक २१ गते, सोमबार १२:५९

२१ कात्तिक २०७९, काठमाडौँ: महालक्ष्मी विकास बैंक लिमिटेड र हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेज तथा शुभश्री कलेज अफ म्यानेजमेन्टबीच शैक्षिक साझेदारी भएको छ। हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेजमा आयोजित कार्यक्रमका बीच क्याम्पस प्रमुख तोयनाथ पौडेल र बैंकका मानव संशाधन विभाग प्रमुख विशालराज कार्कीले सम्झौतामा हस्ताक्षर गरेका हुन्।


त्यसैगरी शुभश्री कलेज अफ म्यानेजमेन्टकी क्याम्पस प्रमुख मनीता ओली र बैंकका मानव संशाधन विभाग प्रमुख कार्कीले अर्को सम्झौता हस्ताक्षर गरेका छन्।


सम्झौता पश्चात यी दुई कलेजका विद्यार्थीले महालक्ष्मी विकास बैंकमा इन्टरर्नसिप, जब फियर प्रोग्राम, बैंकिङ सचेतना कार्यक्रमलगायतको सुविधा प्राप्त गर्नेछन्। त्यस्तै बैंकका उच्च ओहोदाका कर्मचारी गेस्ट लेक्चररको रूपमा कलेजमा जाने पनि सम्झौतामा उल्लेख गरिएको छ।

प्रतिकृया