• 8:36 am

प्रचण्ड पत्नी सीता दाहालकाे स्वास्थ्य अवस्था ‘नाजुक’

प्रकाशित मिति

२०७९ कार्तिक २१ गते, सोमबार १२:०१

२१ कात्तिक २०७९, काठमाडौँ : लामाे समयदेखि बिरामी रहेकी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था झनै नाजुक बन्दै गइरहेकाे छ । स्वास्थ्यमा सुधार आएपछि केही दिनअघि मात्र डिस्चार्ज भएकी माओवादीकी केन्द्रीय सल्लाहकार सीतालाई पुन:स्वास्थ्य समस्या देखिएपछि गत शनिबारदेखि ललितपुरस्थित मेटिसिटी अस्पतालमा भर्ना गरिएको उनकाे पारिवारिक स्राेतले जनाएकाे छ ।


उनलाई अहिले आईसीयूमा राखेर उपचार भइरहेको छ। पारिवारिक स्रोतका अनुसार उनकाे शरीरमा अक्सिजनको मात्रा घटेपछि उनलाई आईसीयूमा राखेर उपचार गराइएको छ । सीताको शरीरले बेला बेला श्वासप्रश्वास गर्न नसक्ने भएपछि अक्सिजन दिइएको हो ।सीता लामो समयदेखि पार्किन्सन जस्तै लक्षण भएको प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित छन् । मधुमेह र उच्च रक्तचापबाट समेत पीडित भएकी सीता छोरा प्रकाश दाहालको निधनपछि कमजोर भएकी हुन् ।

प्रतिकृया