आज सुन-चाँदीको मूल्य घट्यो
प्रकाशित मिति
२०७९ कार्तिक २१ गते, सोमबार ११:२१
२१ कात्तिक २०७९, काठमाडौँ : नेपाली बजारमा सोमबार सुन तथा चाँदीको मूल्य घटेको छ। सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय रुपैयाँ घटेको हो। आइतबार सुन प्रतितोला १४ सय रुपैयाँ बढेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार छापावाल सुन प्रतितोला ९४ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।आइतबार चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। आइतबारको तुलनामा आज चाँदी तोलामा १० रुपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १६ सय ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिकृया