• 9:36 am

ग्लोबल आईएमई लघुवित्तको नाफा ५८ प्रतिशतले घट्यो

प्रकाशित मिति

२०७९ कार्तिक २१ गते, सोमबार ११:०७

२१ कात्तिक २०७९, काठमाडौँ : ग्लोबल आईएमई लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ। प्रकाशित वित्तिय विवरण अनुसार गत आर्थिक बर्षको अन्तिमसम्ममा संस्थाको मुनाफामा गिरावट आएको देखिन्छ । उक्त विवरण अनुसार समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले २ करोड ६७ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।


यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ५८.१५ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा संस्थाले ६ करोड ३९ लाख ८ हजार खुद नाफा आर्जन गरेको थियो। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ५८ प्रतिशतले घटेर ३ करोड ८३ लाख ४७ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ९ करोड १२ लाख ९७ हजार रूपैयाँ रहेको थियो । त्यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि १३.८३ प्रतिशतले घटेर १३ करोड ६८ लाख ६ हजार रुपैयाँ पुगेको छ ।


त्यस्तै, संस्थाको चुक्ता पुँजी ५५ करोड २५ लाख रुपैयाँ र जगेडा कोषमा ५४ करोड ८२ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएसं) ३९.७६ रुपैयाँले घटेर १९ रुपैयाँ ३६ पैसा र प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ २२ पैसा रहेको छ ।

प्रतिकृया