• 6:23 pm

आज कुमारी बैंकको साधारणसभा हुँदै,लाभांश वितरण प्रस्ताव पारित गर्ने

प्रकाशित मिति

२०७९ कार्तिक २१ गते, सोमबार १०:५०

२१ कात्तिक २०७९, काठमाडौं : कुमारी बैंक लिमिटेडको बाईसौँ वार्षिक साधारणसभा आज कात्तिक २१ गते, सोमबार कुमारी बैंकको नक्साल कार्यालयमा बिहान ११ बजेदेखि हुँदैछ । सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको १२.५० प्रतिशत नगद लाभांश (कर समेत) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।


गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा समेत छलफल गरी पारित हुनेछ । साथै मर्जर तथा एक्विजिशन गर्न सञ्चालक समितिबाट गठित मर्जर समिति तथा सोले गरेको कार्य अनुमोदन गर्ने, मर्जर तथा एक्विजिशन सम्बन्धि अन्य कार्य गर्न सञ्चालक समितिलाई आवश्यक सम्पूर्ण अख्तियारी दिने प्रस्ताव समेत पारित गर्नेछ ।


लाभांश र सभा प्रयोजनका लागि बैंकले यही कात्तिक १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको थियो। मर्जर प्रक्रियामा रहेका कारण बैंकको सेयर कारोबार भने दोस्रो बजारमा बन्द रहेको छ ।

प्रतिकृया