• ०५:२७ २०८० फाल्गुन १२ गते
  • 5:27 am

रुपन्देहीमा श्रीमान्–श्रीमती मृत अवस्थामा फेला

प्रकाशित मिति

२०७९ कार्तिक २१ गते, सोमबार १०:३६

deathbody e1640153471525

२१ कात्तिक २०७९, काठमाडौं : रुपन्देहीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला परेका छन् । देवदह नगरपालिका–५ काे पाल्पाली टोलमा घरभित्र चुकुल लागेको अवस्थामा श्रीमान् र श्रीमतीको शव फेला परेको प्रहरीले जनाएको हो । कतारबाट छुट्टी आएका ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीय हेमकला जोल्मी मगर आफ्नै घरभित्र मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।


श्रीमतीको शव भुइँमा तन्नाले बेरिएको अवस्थामा रहेको र श्रीमानको शव पङ्खामा झुन्डिएको अवस्थामा रहेको देखिएकाले श्रीमानले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको देवदह प्रहरी चौकीका प्रमुख गंगाबहादुर सारुले जानकारी दिए । इलाका प्रहरी कार्यालय बुटवलको टोली आएपछि थप प्रक्रिया अगाडि बढेको उनले बताए।

प्रतिकृया