• १०:०८ २०८० फाल्गुन १३ गते
  • 10:08 am

निर्वाचन अधिकृतको कार्यालयमा ताल्चा लगाउने वडाध्यक्ष प्रहरी नियन्त्रणमा

प्रकाशित मिति

२०७९ कार्तिक २० गते, आईतवार ०४:५६

Untitled design e1667733075388

२० कात्तिक २०७९, काठमाडौँ : बाराको जितपुर सिमरा उपमहानगरपालिकाको कार्यालयमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा ताल्चा लगाएको आरोपमा प्रहरीले एक जना वडाध्यक्षलाई पक्राउ गरेको छ। प्रहरीले ताल्चा लगाएको आरोपमा जितपुर सिमरा उपमहानगरपालिका–७ का वडाध्यक्ष सुिनल गुप्तालाई नियन्त्रणमा लिएको हो। उनले उपमहानगरपालिकाको कार्यालयमा स्थापना गरिएको निर्वाचन क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालयमा ताल्चा लगाएर कर्मचारीहरुलाई भित्रै थुनेपछि प्रहरीले नियन्त्रणमा लिएको हो।


वडाध्यक्ष गुप्तालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय सिमराका डिएसपी युवराज तिमल्सिनाले जानकारी दिए। उनीसँगै एक जना वडा सदस्यलाई पनि नियन्त्रणमा लिइएको उनले बताए।

प्रतिकृया