• १२:०१ २०८० फाल्गुन ११ गते
  • 12:01 pm

एभरेष्ट बैंकले घोषणा गर्यो लाभांश

प्रकाशित मिति

२०७९ कार्तिक २० गते, आईतवार १२:२८

Bank everest e1604992878352

२० कात्तिक २०७९, काठमाडौँ : एभरेष्ट बैंक लिमिटेड (EBL) ले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ ।बैंक सञ्चालक समितिको शुक्रबार साँझ बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजी ९ अर्ब ४२ करोड ७३ लाख ४० हजार २०९ रुपैयाँको कुल २०.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।


बैंकले १३ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने करसमेत ७.६८ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । १३ प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी १० अर्ब ६५ करोड २८ लाख ९४ हजार ४३६ रुपैयाँ १० पैसा पुग्नेछ ।

Capture 9

प्रतिकृया