• 2:08 pm

अवैध लागूऔषध सहित ६ जना पक्राउ

प्रकाशित मिति

२०७९ कार्तिक २० गते, आईतवार ११:४८

२० कात्तिक २०७९, काठमाडौँ : झापा, बिर्तामोड नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्राम सहित बाह्रदर्शी गाउँपालिका-१ बस्ने २५ वर्षीय दिपेन्द्र राजवंशी लगायत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो काकडभिट्टा झापाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।



सुर्खेत, भेरीगंगा नगरपालिका-१० तोली खोलाबाट अबैध लागूऔषध हेरोइन करिब ३ ग्राम ४४ मिलिग्राम सहित सोही नगरपालिका-१३ बस्ने २० वर्षीय किरण चन्दलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय छिन्छुबाट खटिएको प्रहरीले नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको बा.४ ख ५३२८ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा उक्त
हेरोइन सहित फेला पारी गाडीमा सवार उनलाई पक्राउ गरेको हो ।


बाँके, खजुरा गाउँपालिका-७ बठवा चोकबाट अवैध लागूऔषध गाँजा करिब ५० ग्राम सहित सोही गाउँपालिका-४ डि गाउँ बस्ने १९ वर्षीय सुशान्त गुरुङलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो । उनलाई पक्राउ गरी सोधपुछ गर्ने क्रममा उक्त
गाँजा खजुरा गाउँपालिका-७ बठवा बस्ने २५ वर्षीय रहिस दर्जीको घरबाट किनी ल्याएको बताएपछि दर्जीको घरबाट थप ६ केजी लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ । हाल फरार दर्जीको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया