• ०६:२६ २०८१ बैशाख ७ गते
  • 6:26 am

नुवाकोटको क्षेत्र नं. १ बाट स्वतन्त्रबाट प्रतिनिधिसभाकी उम्मेदवार सफलता बोगटीको घोषणापत्र सार्वजनिक (अध्याय ३)

प्रकाशित मिति

२०७९ कार्तिक १५ गते, मंगलवार ०४:५७

IMG 4804 scaled

१५ कार्तिक २०७९, काठमाडौँ: नुवाकोटको लिखुख घर भएकी सफलता बोगटी आगमी मंसिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावमा प्रतिनिधि सभामा नुवाकोटको क्षेत्र नं. १ बाट स्वतन्त्रको तर्फबाट आफ्नो उम्मेदवारी दिएकी छिन् । उनले हाम्रो नेपाली पार्टीसँग चुनावी तालमेल गरेर लौरो चिन्ह लिएकी छिन् । उनको बारेमा भन्नुपर्दा उनले International Relation and Diplomacy मा स्नातकोत्तर सम्म अध्ययन गरेकी छिन् भने विगतमा विभिन्न संस्थामा आबद्ध रहेर राजनीति तथा समाजसेवामा सक्रिय रहेकी थिइन् । यो भन्दा पहिले उनी नेपाली कांग्रेसमा आबद्ध भएर राजनीति गरेकी थिइन् भने विद्यार्थी राजनीति गर्दा क्याम्पस स्तरको नेविसंघको अध्यक्ष समेत भएकी थिइन् । स्थानीय निर्वाचनमा लिखु गाउँपालिकाबाट उपाध्यक्षको लागि दाबी गरेकी थिइन् । त्यस्तै गरी उनी नेपाल मानव अधिकार संगठनको जिल्ला कोषाध्यक्षको जिम्मेवारी पनि वहन गरेकी थिइन् ।


सफलता बोगटीले आफ्नो विस्तृत घोषणापत्र मध्ये अध्याय ३ सार्वजनिक गरेकी छिन र अरु क्रमैसँग उनले सार्वजनिक गर्ने बताएकी छिन् । यस घोषणापत्रमा उनले विभिन्न देशहरुले निश्चित समयमा प्रगति गरेको उदाहरण दिंदै इच्छाशक्ति भयो भने देश विकास गर्न सकिने बताएकी छिन् । साथै उनले अहिलेको नेतृत्व केन्द्रित विकासको दृष्टिकोणलाई बदलेर जनता केन्द्रित विकासको दृष्टिकोण अपनाउनुपर्ने कुरा माथि प्रकाश पारेकी छिन् । त्यसैगरी उनले नेपालका गाउँघरमा पनि गाई दुहुने, घाँस काट्ने, लुगा धुने लगायतका कुराहरुलाई प्रविधिमैत्री बनाइने पनि घोषणापत्रमा उल्लेख गरेकी छिन् ।

प्रस्तुत छ उनको घोषणापत्रको अध्याय ३

प्रतिकृया