• 11:00 pm

इष्टर्न हाइड्रोको आईपीओ शुक्रबार बाँडफाँड हुने

प्रकाशित मिति

२०७९ कार्तिक १५ गते, मंगलवार ०४:४४

१५ कात्तिक २०७९, काठमाडौँ : इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले असोज २८ गते, शुक्रबारबाट कार्तिक २ गते, बुधबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओको बाँडफाँड यही शुक्रबार (कार्तिक १८ गते) हुने भएको छ । उक्त आईपीओको बाँडफाँड शुक्रबार हुने तय भएको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जनाएको छ ।


कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६ करोड ७० लाख ३१ हजार रुपैयाँको ६ लाख ७० हजार ३ सय १० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको ५ प्रतिशत सामूहिक लगानी कोषका लागि, २ प्रतिशत कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको ६ लाख २३ हजार ३८९ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।


कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १३ लाख ९४ हजार ३ सय २६ जना लगानीकर्ताहरूले एक अर्ब ५७ करोड १८ लाख ४७ हजार रूपैयाँ बराबरको एक करोड ५७ लाख १८ हजार ४ सय ७० कित्ताका लागि आवेदन दिएका छन् । मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिनेछ ।

प्रतिकृया