• ४ साउन २०८३, सोमबार
  • ७:३५ बेलुका

प्रधानमन्त्री देउवाद्वारा गुजरात घटनाप्रति दुःख व्यक्त

प्रकाशित मिति

२०७९ कार्तिक १४ गते, सोमबार ११:२६

१४ कार्तिक २०७९, काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले कयौंको ज्यान जानेगरी भारतको गुजरातस्थित मोरबी नदीको पुल भत्किएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।


सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले घटनाप्रति दुःख व्यक्त गरेका हुन् ।

Kamana Sewa

‘गुजरातको मोरबीमा पुल भत्किएको घटनाप्रति म दुःखी छु । पुल भत्किदा भएको जीवनको क्षतिप्रति हामी भारत सरकार र जनाप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ । हाम्रो साथ शोक सन्तप्त परिवारसँग छ,’ प्रधानमन्त्री देउवाले भनेका छन् ।

Classic Tech Desktop

आइतबार मोरबीमा माच्छु नदीमा रहेको पुल भत्किदा १४१ जनाको मृत्यु भएको थियो ।

प्रतिकृया