विवेकशील साझाले सार्वजनिक गर्यो चुनावका लागि प्रतिबद्धता
प्रकाशित मिति
२०७९ कार्तिक ८ गते, मंगलवार ०६:५९
८ कात्तिक, २०७९, काठमाडौँ: विवेकशील साझा पार्टीले आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत् आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गरेको हो। पार्टीले सार्वजनिक गरेको १३ बुँदे प्रतिबद्धता पत्रमा पर्यटन विश्वविद्यालय स्थापनादेखि राइट टु रिकल र राइट टु रिजेक्टसम्म र नोट चल्ने भोट नचल्ने अवस्थाको अन्त्य गर्दै विदेशमा रहेका नेपालीलाई मताधिकार सुनिश्चित गर्ने देखि भ्रष्टाचार छानबिन गर्न उच्च स्तरीय नागरिक आयोग गठन गर्ने सम्मको व्यवस्था गरिएको प्रवक्ता प्रकाशचन्द्र परियारले उल्लेख गरेका छन।
प्रतिबद्धता पत्रमा जीवन उपयोगी, गुणस्तरीय, संविधान प्रदत्त निःशूल्क शिक्षा प्रदान गर्ने, गुणस्तरीय तथा निःशुल्क स्वास्थ्य सेवा, स्वायत्त र अधिकार सम्पन्न सम्पत्ति शुद्धीकरण विभाग बनाउने उल्लेख छ।यस्तै असंलग्न परराष्ट्र नीति र सन्तुलित विदेश नीतिको पक्षमा रहने समेत घोषणा पत्रमा बताइएको छ।
प्रतिकृया