• 10:37 am

दोलखा इन्चार्जबाट देवी खड्काले दिइन् राजीनामा

प्रकाशित मिति

२०७९ कार्तिक २ गते, बुधबार ०६:१७

२ कात्तिक २०७९, काठमाडौँ : नेकपा माओवादी केन्द्रकी दोलखा इन्चार्ज देवी खड्काले आफ्नो जिम्मेवारीबाट राजीनामा दिएकी छन्। लामो समयसम्म दोलखाको अध्यक्ष र इन्चार्ज भइसकेकाले जिम्मेवारीबाट अलग भएको खड्काले बताइन्।


‘२०५९ सालमा दोलखाको पार्टी सचिव भएदेखि अहिलेसम्म यही जिम्मेवारीमा छु। बीचमा केही समय मात्रै अन्य जिम्मेवारीमा रहेर काम गरेको हो,’ उनले भनिन्, ‘स्वास्थ्यले पनि साथ दिएको छैन। त्यसैले यो जिम्मेवारीमा बस्दिनँ भनेर राजीनामा दिएको हो। पार्टी छोडेको होइन।’ २०६४ को संविधान सभामा खड्का दोलखाबाट निर्वाचित भएकी थिइन्। उनी केही समय राज्यमन्त्री समेत भएकी थिइन्।


यसपटक उनी दोलखाबाट उम्मेदवारको आकांक्षी थिइन्। गठबन्धनका तर्फबाट दोलखा माओवादीको भागमा परेको छ।’ मैले कतै टिकट माग्न गएको थिइनँ। मेरो त्यस्तो स्वभाव पनि छैन,’ उनले भनिन्, ‘दिएको जिम्मेवारीबाट भागेको छैन। तर जिम्मेवारी पाउनका लागि गुटमा लाग्दिनँ।’

प्रतिकृया