• 12:08 pm

बागमती प्रदेश खानेपानीका इन्जिनियर र प्लमर २८ लाख घुससहित अख्तियारको नियन्त्रणमा

प्रकाशित मिति

२०७९ कार्तिक २ गते, बुधबार ०४:३८

२ कात्तिक २०७९, काठमाडौँ: २८ लाख रुपैयाँ घुस लिएको आरोपमा दुई जनालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। बागमती प्रदेश खानेपानी तथा सरसफाइ डिभिजन नं. ४, मन्थली रामेछापका इन्जिनियर (आठौं तह) नवराज सत्याल र करारमा कार्यरत प्लमर बखतबहादुर थापालाई घुससहित नियन्त्रणमा लिएको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।


प्रवक्ता भण्डारीका अनुसार उनीहरूबाट १६ लाख नगद र १२ लाखको चेक बरामद भएको हो। खानेपानीसम्बन्धी कामको भुक्तानीबापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी अख्तियारमा परेको थियो। त्यसपछि टंगालबाट खटिएको टोलीले उनीहरूलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो।अख्तियारले उनीहरूलाई इन्जिनियरको निवासबाट बुधबार नियन्त्रणमा लिएको हो। उनीहरूमाथि थप अनुसन्‍धान अघि बढाएको छ।

प्रतिकृया