सरकारले थप लगानीको वातावरण बनाए, उद्योग पूर्ण क्षमतामा संचालन भइ नाफामा जाने

प्रकाशित मिति

२०७९ कार्तिक १ गते, मंगलवार ०५:३५

१ कार्तिक २०७९, काठमाडौँः उदयपुर सिमेन्ट उद्योग लि. को उच्चस्तरीय गुणस्तरको चूनढुंगा प्रयोग गरि अव्वल ग्रेडको गुणस्तरयुक्त गैंडाछाप सिमेन्ट उत्पादन गरिरहेको छ । गत आ. ब. २०७८/७९ मा २१ लाख ७२ हजार ४१९ बोरा सिमेन्ट बिक्री गरेकोमा चालू आ. ब. मा २५ लाख बोरा सिमेन्ट बिक्री गर्ने लक्ष्य रहेको छ।


उक्त लक्ष्य हासिल गर्न गत आर्थिक बर्षको उत्पादन उपलब्धि ४१ प्रतिशतलाई वृद्धि गरि उद्योगको कुल क्षमता ८ सय मे. टन पुर्याउन उद्योग व्यवस्थापनले प्राविधिक अध्ययन गराई फेर्नुपर्ने मेसिनहरुको अनुमानित मूल्य सहित नेपाल सरकारलाई ऋम  लगानीका लागि अनुरोध गरिसकेको छ । रु. ५६ करोड ७२ लाख थप लगानी गर्न सके यो उद्योगको पुनर्निर्माण भइ तीन बर्ष भित्रै नेपाल सरकारबाट लिएको ऋणको सावाँ ब्याज फिर्ता  गरिसक्ने प्रतिवद्वता सहित उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिस सहित अर्थ मन्त्रालयमा बिचाराधीन रहेको उद्योगका प्रवक्ता लक्ष्मण पोखरेलले जनाए ।


गत बर्ष बिइपीमा गैसकेको यो उद्योग अहिलेको परिस्थितिमा डिजेल, कोइला तथा अन्य कच्चापदार्थको भाउ अत्याधिक बढेको कारण एवं कर्मचारीको सेवा सुविधा वृद्धि भएको कारण लागत बढ्न गै फेरि नोक्सानीमा जान सक्ने अवस्थालाई रोक्न उद्योगको ब्रेकडाउन कम गरि उत्पादन वृद्धि गर्न तथा नयाँ प्रविधि जडान गरि कोइलाको खपत कम गर्न उक्त लगानी गर्नैपर्ने वाध्यता रहेको प्रवक्ता पोखरेलले बताए । अधिकांश कर्मचारी अबको चार/पांच बर्ष भित्र अवकाश हुंदैगर्दा अवकाश हुंदा पाउने अरवौको सुबिधाको सरकारी दायित्व समेत उद्योगको क्षमता बिस्तार भएको खण्डमा मात्र पाइने अवस्था छ, हैनभने अर्थ मन्त्रालय धाउनुपर्ने अबस्था आउँछ, प्रबक्ता पोखरेलले बताए ।


२०७७ माघ अघि बन्द रहेको उद्योग महाप्रबन्धक गोपीकृष्ण न्यौपाने आएपछि कच्चापदार्थ तथा अन्य समस्याहरु समाधान गर्दै उद्योग संचालनमा रहेको छ । २०७८ असौज सम्म अवकाश प्राप्त कर्मचारीले १५ करोड रकम प्राप्त गरिसकेका छन । आ. ब. २०७७/७८ मा एनएफआरएस अन्तर्गत बित्तीय बिबरण तयार गरि सो बर्षसम्मको ५ अर्व ५० करोड नोक्सानी कट्टा गर्दा रु. ५६ करोड संचित मुनाफा कायम भएको छ, प्रवक्ता पोखरेलले बताए ।  संगठन तथा व्यवस्थापन सर्भे, कम्पनीको १५ बर्षको साधारणसभा सम्पन्न, प्लाण्ट मर्मतसम्भार, आन्तरिक तथा वाह्य लेखापरीक्षण, कम्पनी स्थापना हुंदादेखिको कम्पनी रजिस्ट्रारको कार्यालयमा रेकर्ड अद्यावधिक गर्ने जस्ता महत्त्वपूर्ण कार्यहरु महाप्रबन्धक न्यौपानेको कार्यकालमा सम्पन्न भएका छन, सूसासनको दृष्टिकोणले यी कामहरु निकै महत्त्वपूर्ण रहेको प्रवक्ता पोखरेलले जनाए । उत्पादन बृद्वि गरि बिक्री बढाए अनुसार आ. ब. २०७७/७८ मा ३० करोड नोक्सानी भएकोमा आ. ब. २०७८/७९ मा खर्च मितव्ययी गरि थोरै भएपनि धेरै बर्ष पछि उद्योग नाफामा गएको छ ।


पछिल्लो समयमा  उद्योग भित्रका क्रियाशिल ट्रेड युनियनहरुले उद्योग संचालनको नियमियता लगायत केही माग राखी पेस गरेको ज्ञापनपत्रको बारेमा समेत महक्प्रबन्धक आफै बसी छलफल गरि सहमति भएको छ, दशैं बिदा पछि मर्मतसम्भार गरि असौज ३० गतेदेखि उद्योग नियमित संचालन भैरहेको सन्दर्भमा उक्त ज्ञापनपत्रलाई लिएर केही संचारमाध्यमहरुमा लामो समयदेखि उद्योग बन्द भएको भन्ने समाचार खण्डन गर्दछु, प्रबक्ता पोखरेलले बताए । 

प्रतिकृया