• १०:२५ २०८० चैत्र १६ गते
  • 10:25 am

बेलायतमा नेपाली चेली काउन्सिलर पदमा मनोनीत

प्रकाशित मिति

२०७९ कार्तिक १ गते, मंगलवार ०५:०१

Nepali Cheli 1 e1666091792230

१ कार्तिक २०७९, काठमाडौँः बेलायतको एक प्रतिष्ठित काउन्सिलमा नेपाली चेली काउन्सिलर पदमा मनोनीत भएकी छन् । लन्डनदेखि एक सय किलोमिटरको दूरीमा रहेको साउथ वेस्टन विनचेस्टर काउन्सिलमा ग्रीस्मा जोशी लोहनी काउन्सिलर पदमा मनोनीत भएकी हुन् ।


यसअघि अन्य काउन्सिलमा नेपालीहरू निर्वाचनमार्फत सो पदमा पुगे पनि काउन्सिलको रिक्त पदमा मनोनीत हुने उनी पहिलो नेपाली महिला हुन् ।काठमाडौं जन्मघर भएकी लोहनी हाइवे तथा रोड डिजाइन, ट्राफिक व्यवस्थापनमा दखल राख्ने इन्जिनियरसमेत हुन् । काउन्सिलभित्र प्राविधिकको रूपमा राम्रो नतिजा निकाल्न सकेको भन्दै साउथ वेस्टन विनचेस्टर लोहनीलाई सो जिम्मेवारी दिएको हो ।


१९ वर्षदेखि बेलायतमा बसोबास गर्दै आएकी लोहनीले १४ वर्ष वेजिङस्टक काउन्सिलमा कामको अनुभव बटुलेकी थिइन् । लोहनीले काउन्सिलभित्र आफूले गरेको प्रभावकारी कार्यकुशलताको मूल्यांकन गर्दै सो पदमा मनोनीत भएको बताइन् । उनले आगामी स्थानीय निर्वाचनमा पुनः काउन्सिल पदमा चुनाव लड्ने तयारी गरेकी छन् ।


उनी विगत एक वर्षदेखि फिलाइन्स् सिभिल इन्जिनियरको रूपमा कार्यरत छिन् । उनले बेलायतको साउथ ह्याम्टन युनिर्भसिटीबाट इन्जिनियरिङ गरेकी हुन् । उनी इस्टिच्युट अफ सिभिल इन्जिनियर (आइसीइ) केन्द्रीय सदस्यसमेत छिन् । सामाजिक सेवामा समेत रुचि राख्ने लोहनीले नेपालमा विभिन्न सामाजिक क्षेत्रका कार्यमा आर्थिक सहयोगसमेत गरेकी छन् ।


नेपालमा २०७२ सालमा भूकम्प गएका बेला उनकै सक्रियतामा स्थानीय रूपमा करिब आठ लाख नेपाली रुपैयाँ संकलन गरेर भूकम्प पीडितलाई सहयोग गरिएको थियो । उनले हेल्प नेपाल नेटवर्कमार्फत सहयोग गर्दै आएकी छन् । उनका श्रीमान् सुमिन लोहनी हस्पिटालिटी व्यवसायमा आबद्ध छन् । प्रदेश एकलाई ३–० गोलले पराजित गर्दै नेपाल पुलिस क्लब नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलको फाइनलमा पुगेको छ ।


पुलिसको जितमा रेखा पौडेल, निर्मला विक र निर्मला उपाध्यायले एक एक गोल गरे । मंगलबार स्याङ्जाको वालिङमा भएको खेलको १३औं मिनेटमा रेखाले गरेको गोलसँगै पुलिसले अग्रता लियो । १९ औं मिनेटमा निर्मला बिकले गोल गर्दै पुलिसको अग्रता दोब्बर पाइन् । ८०औं मिनेटमा निर्मला उपाध्ययाले तेस्रो गोल गर्दै सहज जित दिलाइन् ।


जितसँगै फाइनलमा पुगेको पुलिसले कम्तिमा रजत पदक पक्का गरेको छ । मंगलबार नै हुने त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबबीचको सेमिफाइनलको विजेतासँग पुलिसले ३ कात्तिकमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रतिकृया