• १५:१६ २०८० चैत्र १६ गते
  • 3:16 pm

डाक्टर सुस्मिता आफ्नै डेरामा मृत फेला

प्रकाशित मिति

२०७९ आश्विन २७ गते, बिहीबार ०२:१९

dr.pathak

२७ आश्विन २०७९, काठमाडौँ: बानेश्वरस्थित सिभिल अस्पतालमा कार्यरत डाक्टर मृत फेला पर्नुभएको छ । जनकपुर घर भएर ललितपुरको इमाडोल घर भएकी डा.सुस्मिता पाठक आफ्नै डेरामा मृत भेटिनुभएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।


ललितपुर परिसरका डीएसपी मनोजकुमार लामाका अनुसार डा.सुस्मिताको डेराको ढोका बुधबार दिउँसोसम्म पनि नखुलेपछि प्रहरी बोलाइएको थियो ।

312725624 499903028734892 570198777013269696 n

प्रहरी वृत्त सातदोबाटो र प्रहरी प्रभाग इमाडोलबाट गएको प्रहरी टोलीले दिउँसो २ बजे जनप्रतिनिधि र आफन्तको रोहबरमा ढोका खोलिएको थियो । ढोका खोल्दा उहाँ भुइँमा लडेको र मृत अवस्थामा फेला पर्नुभएको थियो ।


अनुसन्धान भइरहेको डीएसपी लामाले बताउनुभयो । डा.सुस्मिलाको मोबाइलमा फेला पारेको भिडियोमा बोहोस हुने औषधि अत्यधिक स्प्रे गरेको देखिएको छ ।सुसाइट नोटसमेत फेला पारेकोले आत्महत्याको शंका गरिएको छ । यसबारेमा अस्पतालमा सम्पर्क गर्दा आत्महत्या भए नभएको प्रष्ट नभएको तर मृत्यु भएको चाहिं साँचो भएको बताइएको थियो ।

प्रतिकृया