• ०५:४८ २०८१ बैशाख ७ गते
  • 5:48 am

मलेसियामा संसद विघटन

प्रकाशित मिति

२०७९ आश्विन २५ गते, मंगलवार १०:५५

malysia

२५ आश्विन २०७९, काठमाडौँ: मलेसियाका प्रधानमन्त्रीले संसद विघटन गरेका छन् । मध्यावधी निर्वाचनको ढोका खोल्दै राजनीतिक स्थिरता कायम गर्न प्रधानमन्त्री इस्माइल साब्री याकोबले संसद विघटन गरेका हुन् ।


निर्वाचन आयोगसँगको सल्लाहपछि निर्वाचनको मिति घोषणा गरिने बताइएको छ । नोभेम्बरमा निर्वाचन हुने अनुमान गरिएको छ । संसदको कार्यकाल अर्को वर्षको सेप्टेम्बरसम्म थियो । तर, इस्माइलले संसद भंग गर्न र प्रारम्भिक चुनावमा बलियो जनादेश प्राप्त गर्न आफ्नो युनाइटेड मलेस नेसनल अर्गनाइजेसन (युएमएनओ) पार्टी भित्रबाट तीव्र दबाबको सामना गर्नु परेको थियो ।


टेलिभिजनबाट देशका नाममा सम्बोधन गर्दै याकोबले संसद विघटन र निर्वाचन घोषणाका लागि राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहसँग अनुमति लिईसकेको जानकारी दिएका छन् । ‘हिजो मैले राजालाई भेटे । संसद विघटन गर्न मैले उनको अनुमति लिए । र, संसद विघटन गर्न राजा राजी हुनु भयो’, इस्लामीले एक टेलिभिजन सम्बोधनमा भने ।


सन् २०१८ को निर्वाचनपछि देशमा अप्रत्यासित घटनाक्रम भएका र त्यसले देशको आर्थिक तथा राजनीतिक अवस्थालाई असर गरेकाले तत्काल निर्वाचन गर्नु परेको उनको भनाइ छ ।

प्रतिकृया