राष्ट्र बैंक १२ अर्ब १० करोडको ट्रेजरी बिक्री गर्दै , आजै बोलकबोल
प्रकाशित मिति
२०७९ आश्विन ९ गते, आईतवार १२:१५
९ असोज २०७९, काठमाडौंः नेपाल राष्ट्र बैंकले १२ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत ऋणपत्र बिक्री गर्न लागेको हो ।ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।
बैंकले ९१ दिनको अवधिको लागि ९ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल पौष १२ गते परिपक्क हुनेछ । यस्तै, बैंकले १८२ दिनको अवधिको लागि ३ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल चैत्र १४ गते परिपक्क हुनेछ ।
राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल आज असोज ९ गते, आइतबार दिउँसो ३ बजे बोलकबोल भएर पर्सी असोज ११ गते, मंगलबार बिक्री हुनेछ ।
ट्रेजरी बिलको बारेमा अन्य विवरण यस प्रकारको छ :
प्रतिकृया