• ०९:०६ २०८१ बैशाख ७ गते
  • 9:06 am

कर्मचारीको सरुवा रोक्न र सरुवा भएका कर्मचारीलाई तत्काल रवाना दिन नेपाल सरकारलाई निर्देशन

प्रकाशित मिति

२०७९ आश्विन ७ गते, शुक्रबार ०१:५९

nirbachan e1686278054418

संवत २०७९ मंसिर ४ गते हुने निर्वाचनको लागि यही असोज ६ गतेदेखि अस्थायी मतदाता नामावलीमा कर्मचारीहरुको नाम समावेश गर्ने प्रक्रिया प्रारम्भ भएको छ । यस अवस्थामा विभिन्न तहका सरकार तथा सार्वजनिक निकायले कर्मचारी सरुवा गरिदिंदा अस्थायी मतदाता नामावली संकलनको कार्यमा बाधा उत्पन्न हुने देखिन्छ ।


यसले समग्र निर्वाचन व्यवस्थापनमा समेत प्रतिकूल प्रभाव पार्ने हुँदा निर्वाचन सम्बन्धी कानुनी व्यवस्था बमोजिम निर्वाचन सम्पन्न नभएसम्मका लागि मिति २०७९/०६/०६ देखि निर्वाचन आयोगको अनुमति नलिई कुनै पनि कर्मचारीको सरुवा नगर्न नगराउन र मिति २०७९/०६/०५ गते सम्म सरुवा भै सकेको अवस्था भए तत्काल रवाना दिई मिति २०७९÷०६÷०९ गतेसम्म सम्बन्धित कार्यालयमा हाजिर भईसक्ने व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मार्फत नेपाल सरकार, सबै प्रदेश सरकार र सबै स्थानीय तहहरु लगायत सबै सार्वजनिक निकायहरुलाई निर्वाचन आयोगले निर्देशन दिएको छ ।

प्रतिकृया