प्रभु बैंक र पश्चिमाञ्चल डाइग्नोस्टिक एन्ड रिसर्च सेन्टरबीच सम्झौता
प्रकाशित मिति
२०७९ आश्विन ६ गते, बिहीबार ०६:५१
६ असोज २०७९, काठमाडौ : प्रभु बैंक लिमिटेड र पोखरा स्थित पश्चिमाञ्चल डाइग्नोस्टिक एन्ड रिसर्च सेन्टर प्रालिबिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ। प्रभु बैंक लिमिटेड र पश्चिमाञ्चल डाइग्नोस्टिक एन्ड रिसर्च सेन्टरबीच आकर्षक छुट प्रदान गर्ने सम्झौता काठमाडौं। प्रभु बैंक लिमिटेड र पोखरा स्थित पश्चिमाञ्चल डाइग्नोस्टिक एन्ड रिसर्च सेन्टर प्रालिबिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ।
बैंकका तर्फबाट हरिचोक शाखा कार्यालय प्रमुख श्रीमती सुनिता गुरुङ र पश्चिमाञ्चल डाइग्नोस्टिक एन्ड रिसर्च सेन्टर प्रा. लि.का तर्फबाट प्रबन्ध निर्देशक श्री पुरुषोत्तम सुवेदीद्वारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । प्रभु बैंक र उक्त हस्पिटल बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरूले पश्चिमाञ्चल डाइग्नोस्टिक एन्ड रिसर्च सेन्टर प्रालिद्धारा सञ्चालित ल्याबोरेटोरिज डाइग्नोस्टिक टेस्टमा २५ प्रतिशत, नर्मल एन्ड स्पेसल अल्ट्रासाउन्डमा १० प्रतिशतका साथै व्रिटोलोजी सेवामा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ।
उत सम्झौता अन्तर्गत पश्चिमाञ्चल डाइग्नोस्टिक एन्ड रिसर्च सेन्टर प्रा. लि.मा सुविधा लिन चाहनुहुने प्रभु बैंकका ग्राहक महानुभावहरूले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरू प्रयोग गरी भुक्तानी गर्दा, पश्चिमाञ्चल डाइग्नोस्टिक एन्ड रिसर्च सेन्टर प्रा. लि.का उल्लेखित सेवाहरूमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ। यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरू लाभान्वित हुनुहुनेछ भन्ने बैङ्कले विश्वास लिएको छ।
प्रतिकृया