• 3:48 pm

सिद्धार्थ क्यापिटलले बार्षिक साधारण सभा आह्वान,२५ प्रतिशत लाभांश वितरण गर्ने

प्रकाशित मिति

२०७९ आश्विन ६ गते, बिहीबार ११:३६

६ असोज २०७९, काठमाडौंः सिद्धार्थ क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार एघारौँ वार्षिक साधारण सभा असोज २८ गते कम्पनीको रजिष्टर्ड कार्यलय नक्साल काठमाडौँमा अपराहन्न ४ बजेदेखि सुरू हुनेछ । सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत लाभांश(कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।


यसैगरी, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७८र७९ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७८र७९ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७९र८० को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ ।

कम्पनीले प्रकाशन गरेको सूचना यस प्रकारको छः

प्रतिकृया