• 10:30 pm

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

प्रकाशित मिति

२०७९ आश्विन ५ गते, बुधबार ०५:२०

५ असोज २०७९, काठमाडौंः अवैध लागूऔषध सहित ६ जना पक्राउ । दैलेख, नारायण नगरपालिका-१ टुडिखेलबाट २ सय ९० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही नगरपालिका-२ कुसाडा बस्ने ३० वर्षीय रोबट सिजापतीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।


कैलाली, गौरीगंगा नगरपालिका-८ बडैपुरबाट करिब ३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २२ वर्षीय ईन्द्र धामीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।


दाङ, तुलसीपुर उपमहानगरपालिका(६ कालिका मन्दिर नजिकबाट ४ सय ४० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही उपमहानगरपालिका-५ बस्ने २३ वर्षीय मोहम्मद सुहिल लगायत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले सोही ठाउँस्थित भिनिला रेष्टुरेन्टको पछाडी रहेको कटेजमा उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।


तनहुँ, आँबुखैरेनी गाउँपालिका(४ बेनिटारस्थित सडकबाट करिब २२ किलोग्राम अवैध लागूऔषध गाँजा सहित सोही गाउँपालिका-४ बस्ने ३५ वर्षीया जगमाया गुरूङ लगायत ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । काँकडभिट्टाबाट पोखरातर्फ आउँदै गरेको मे।१ ख ३१९५ नम्बरको बसलाई अस्थाई प्रहरी पोष्ट मुग्लिनबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।


बारा, पचरौता नगरपालिका(२ बिष्णपुरस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ५० किलोग्राम मंगलबार बेलुकी प्रहरीले बरामद गरेको छ । हाल नम्बर नखुलेको मोटरसाइकलमा बोरामा राखी नेपालबाट भारततर्फ लैजादै गरेको उक्त गाँजा प्रहरी चौकी पिपरपातीबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिले बोरा फालेर फरार भएपछि प्रहरीले बरामद गरेको हो । हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिकृया