बालेनले दिए ४१ व्यवसायीक भवनलाई कर तिर्न १० दिने अल्टिमेटम
प्रकाशित मिति
२०७९ आश्विन ५ गते, बुधबार ०४:५४
५ आश्विन २०७९, काठमाडौँ: काठमाडौं महानगरपालिकाले विभिन्न कम्प्लेक्स, अर्पाटर्मेट, स्कुललगायत ४१ व्यवसायीक भवनलाई कर तिर्न १० दिने अल्टिमेटम दिएको छ । यसअघि पनि विभिन्न व्यवसायीक संस्थालाई कर तिर्न अल्टिेमटम दिएको महानगरले बुधबार सूचना जारी गर्दै पहिलोपटक धेरै व्यवसायीक भवनलाई करतिर्न अल्टिमेटम दिएको हो ।
जसमा नेपाल रेडक्रस सोसाइटी, सिद्धार्थ वनस्थली स्कूल, वरुण वेभरेज नेपाल प्रा.लि, काठमाडौं इन्जिनियरिङ्ग कलेज लगायतका ४१ व्यवसायीक संस्था रहेका छन् ।
यी हुन् कर तिर्न अल्टिमेटम दिइएका ४१ व्यवसायीक भवन
१– बुद्धबारी कम्प्लेक्स, वडा नं १२,२०७३
२ -सिग्नेचर अपार्टमेन्ट, वडा नं १२,
३ -काठमाडौं इन्जिनियरिङ्ग कलेज
४ -नेपाल रेडक्रस सोसाइटी, वडा नं १३,२८,
५ -ब्लु बर्ड ईन्भेष्टमेन्ट, वडा नं १३,
६ -होटल प्लाटिनियम (महावीर प्यालेस ) वडा नं १३,
७.- आदर कम्प्लेक्स, बल्खु, वडा नं १४,
८- ब्याट्री कारखाना, बालाजु, वडा नं १६,
९- सिद्धार्थ वनस्थली स्कूल, वडा नं १६,
१० -एडभान्स अटोमोबाइल्स प्रा.लि., वडा नं २०,
११ -भि.जि. अटोमोबाइल्स प्रा.लि., वडा नं २०,
१२- आदर्श नगर बिजनेश प्रा.लि., वडा नं २२,
१३- रञ्जना ट्रेड सेन्टर, वडा नं २२,
१४- नेपाल स्काउट, वडा नं २६,
१५- नेपाल सेन्टर फर डेभलमेण्ट एण्ड पोलीसी स्टडीज प्रा.लि, पुतलीसडक, वडा नं २८,
१६- नेम इन्स्टिच्यूट फर मेडिकल एजुकेशन प्रा. लि., पुतलीसडक, वडा नं २८,
१७- स्टार होल्डीङ्ग, पुतलीसडक, वडा नं ३०,
१८ -पुण्य मेन्सन प्रा.लि, पुतलीसडक, वडा नं ३०,
१९- रिद्धिसिद्धि डेभलपर्स, वडा नं ३२,
२०- वरुण वेभरेज नेपाल प्रा.लि., वडा नं ३२,
२१- रविन्द्र बहादुर मल्ल, वडा नं १,
२२- सुभाष कुमार घिमिरे ÷ सानुभाई बखुन्छे, वडा नं १,
२३- मसिना अमात्य, लाजिम्पाट वडा नं १,
२४- रविना श्रेष्ठ, लाजिम्पाट, वडा नं २,
२५- शिशु अर्याल, वडा नं २,३१,
२६- योगनाथ पौडेल, वडा नं १६,
२७- प्रदीप रत्न ताम्राकार, उदय रत्न ताम्राकार र विजय रत्न ताम्राकार, वडा नं २०,
२८- बसुन्धरा तुलाधर, वडा नं २२,
२९- पुरुषोत्तम संघई, वडा नं २८,
३०- किरण संघई, वडा नं २८ काठमाडौं ।
३१- जय नेपाल हल, हात्तिसार, वडा नं १,
३२- इम्पेरियल अपार्टमेन्ट, वडा नं १, –
३३- सगरमाथा इन्स्योरेन्स क. लि, वडा नं १,
३४- ग्लोबल ट्रेडिङ्ग कन्सर्न, वडा नं १,
३५ -पुजा इन्टरप्राइजेज प्रा.लि. वडा नं १,
३६ -ल्याण्डमार्क होटल, वडा नं १,
३७- ॐ सान इन्टरनेशनल कलेज, वडा नं ७,
३८ -क्लर्ड ट्रेड सेन्टर, त्रिपुरेश्वर, वडा नं ११,
३९- सिभिल मल, सुन्धारा, वडा नं ११,
४०- सि.टि.सि मल, सुन्धारा, वडा नं ११,
४१- एन आर टी क्लव, वडा नं ११, काठमाडौ ।
प्रतिकृया