• 1:15 am

काभ्रेको सांगामा अर्ध नारेश्वरधामको प्रतिमा स्थापना गरिने

प्रकाशित मिति

२०७९ आश्विन ४ गते, मंगलवार ०३:३६

४ आश्विन २०७९, काठमाडौँ: छिमेकी देश भारतमा रहेको अर्ध नारेश्वरधामको प्रतिमा नेपालमा पनि स्थापना गरिने भएको छ । काभ्रेको नेपाल प्रहरी स्कुल साँगामा अर्ध नारेश्वरधामको प्रतिमा स्थापना गर्न लागिएको अर्ध नारेश्वरधामकी नेपाली प्रतिनिधि प्रमुख राज्यलक्ष्मी शाक्यले बताईन् ।


आज (मंगलवार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर काभ्रेस्थित दिपेन्द्र प्रहरी स्कुलनजिकै धाम स्थापनार्थ निर्माण कार्य सुरू भइसकेको जानकारी दिइएको हो ।


अर्ध नारेश्वरधामको प्रतिमा स्थापना गर्ने उद्देश्यले आफू नेपाल आएको विश्वकै पहिलो भागवत कथावाचक महामण्डलेश्वर हिमांगी सरबीले सुनाईन् । उनले आफू भगवान विष्णुको पहिलो भागवत कथावाचक भएको समेत दाबी गरिन् । उनले भनिन्,“सबै मानिसलाई आशिर्बाद दिन आएकी हुँ । नेपाल र भारत एउटै हुन् । यी दुई राष्ट्र प्रेमका भूमि हुन् ।’


उनले नेपालमा अर्ध नारेश्वरधामको जल स्थापना गर्ने घोषणा गर्दै आफु किन्नर निर्मोही अखडा महामण्डलेश्वर भएकोसमेत जानकारी दिइन् । र, नेपालमा पनि किन्नर निर्मोही अखडाको शाखा विस्तार गर्न लागेको उनको भनाई थियो । उनले अब चाँडै नै काठमाडौंमा भागवत र सत्संग गर्ने पनि आफ्नो योजना रहेको सुनाइन् । एक कथावाचकले भागवत सत्संग गर्दा त्यसको सकारात्मक सन्देश पुरै विश्वमा जाने उनको भनाइ थियो । स–साना बालबालिकाहरुलाई सनातन संस्कृति र शास्त्रको ज्ञान हुन आवश्यकता रहेको उनले बताइन् ।


त्यस्तै, उक्त धामकी नेपाल उपप्रमुख गीता तिमल्सिनाले काभ्रेमा धार्मिक धाम बनाउन खोजेको भन्दै उक्त योजनामा राजनीति र धर्म नमिसिने स्पष्ट पारिन् । अहिले धार्मिक धाम बनाउन लागेको सुनाउँदै पछि विद्यालय बनाउने र त्यसबारेमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइने बताईन् । धाम, विद्यालयजस्ता पवित्र निर्माण कार्यमा जो कोही पनि जोडिने सक्ने उनले सुनाइन् ।

प्रतिकृया