• १२:०२ २०८१ बैशाख ७ गते
  • 12:02 pm

गुगलले झुक्किएर इन्जिनियरको खातामा हाल्यो ३ करोड रुपैयाँ

प्रकाशित मिति

२०७९ आश्विन ४ गते, मंगलवार ०१:२५

google

४ आश्विन २०७९, काठमाडौँ: गुगलले झुक्किएर एक व्यक्तिको खातामा २ लाख ५० हजार डलर (करिब ३ करोड १७ लाख रुपैयाँ) रकम जम्मा गरेको छ । गुगलबाट सो रकम पाउने व्यक्ति युगा ल्याब्स नामक क्रिप्टोकरेन्सी कम्पनीका सेक्युरिटी इन्जिनियर श्याम करी हुन् । उनले मंगलबार आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमा एउटा ट्वीट गर्दै सो रकम प्राप्त भएको जानकारी दिएका हुन् ।


उनले लेखेका छन्, “गुगलले अस्वभाविक रूपमा मलाई दुई लाख ४९ हजार ९९ डलर पठाएको ३ हप्ताभन्दा बढी समय भइसकेको छ । मैले गुगलको सपोर्ट टिकेटबाट कुनै किसिमको जानकारी पाएको छैन । गुगलसँग सम्पर्कमा रहने अन्य कुनै उपाय छ?” त्यस्तै उनले सोही ट्वीटमा यदि गुगललाई पैसा नचाहिने हो भने ठिकै छ भनेर पनि उल्लेख गरेका छन् ।


तर, गुगलले उनीबाट सो रकम पाउन काम गरिरहेको जस्तो देखिन्छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यम सीएनएनलाई गुगलले भने अनुसार सो रकम मानवीय त्रुटीले गर्दा झुक्किएर उनको खातामा गएको थियो ।


गुगलका प्रवक्ताले सीएनएनलाई उक्त रकम फिर्ता ल्याउनका लागि काम भइरहेको जानकारी दिएका छन् ।

प्रतिकृया