• 6:24 pm

नेप्सेमा एशियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन

प्रकाशित मिति

२०७९ आश्विन ४ गते, मंगलवार १२:५५

४ आश्विन २०७९, काठमाडौँ: नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बोनस सेयरपछि समायोजन भएको कम्पनीको सेयर मूल्य ४७१ रुपैयाँ ६२ रुपैयाँ निर्धारण भएको छ ।


कम्पनीले १४.५० प्रतिशत बोनस सेयर वितरणका लागि बुक क्लोज गरेको छ । कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ मंगलबार बुक क्लोज गरेसँगै मूल्य समायोजन भई नयाँ मूल्य तोकिएको हो । आइतबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५४० रुपैयाँ थियो ।


अब समायोजन भएको मूल्यका आधारमा कम्पनीको सेयर कारोबार खुल्नेछ । साथै, कम्पनीले लाभांश पारित गर्न असोज १३ गते १४औँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

प्रतिकृया