• 2:26 am

साफ महिला च्याम्पियनसिप : पहिलो हाफमा नेपालमाथि बंगलादेशको २-० को अग्रता

प्रकाशित मिति

२०७९ आश्विन ३ गते, सोमबार ०६:२४

३ असोज २०७९, काठमाडौँ : साफ महिला च्याम्पियनसिपको फाइनल खेलको पहिलो हाफमा नेपालमाथि बंगलादेशले २-० अग्रता बनाएको छ । दशरथ रंगशालामा भइरहेको खेलको शुष्मा नायरले खेलको १३ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएकी हुन् । खेलको ४१ औं मिनेटमा श्रीमती कृष्ण नारायणी सरकारले गोल गर्दै बंगलादेशलाई पहिलो हाफमा २-० गोलको अग्रता दिलाइन् ।


आजको खेलमा जित निकाल्दै नेपाल पहिलो पटक च्याम्पियन बन्ने योजनामा छ । यता बंगलादेश पनि पहिलो उपाधिको पर्खाइमा छ । नेपाल र बंगलादेश साफमा पहिलो पटक फाइनलमा प्रतिस्पर्धा गरेका हुन् ।

प्रतिकृया