• 12:01 pm

राष्ट्र बैंकले ११ अर्ब ८३ करोड रुपैयाँँको ट्रेजरी बिल जारी गर्ने

प्रकाशित मिति

२०७९ आश्विन २ गते, आईतवार ०२:०६

२ आश्विन २०७९, काठमाडौँ: नेपाल राष्ट्र बैंकले ११ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार असोज दुई गते अर्थात आज (आईतवार) अपरान्ह तीन बजेसम्म बोलकवोलको माध्यमबाट उक्त परिमाणमा ट्रेजरी बिल जारी गर्न लागेको हो ।


असोज चार गते जारी मिती तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले बोलकवोल पेस गर्न सक्ने छन् । यसरी जारी गरिने कुल ट्रेजरी बिल मध्येमा २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको पाँच अर्ब ५३ करोड र एक सय ८२ दिने अवधिको चार अर्ब ३० करोड रुपैयाँ बराबरका रहेका छन् ।


ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ कात्र्तिक एक गते, २०७९ पुस पाँच गते र २०७९ चैत्र सात गते तोकिएका छन् ।


राष्ट्र बैंकका अनुसार ट्रेजरीहरु सबै पुरानो नविकरण अन्र्तगतका रहेका छन् । यसअघि गत साता पनि राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

प्रतिकृया