• ०५:३४ २०८१ बैशाख ७ गते
  • 5:34 am

ङादी ग्रुप पावरको हकप्रद सेयर आजदेखि लिलामीमा

प्रकाशित मिति

२०७९ आश्विन २ गते, आईतवार ०१:३२

ngadi

२ आश्विन २०७९, काठमाडौँ: ङादी ग्रुप पावर लिमिटेडले आइतवार (आज) २ असोजदेखि अवतरित हकप्रद सेयर बोलकबोल माध्यमद्वारा बिक्रीमा ल्याएको छ । कम्पनीले सर्वसाधारण समूहतर्फको नबिकेको १२ लाख ५७ हजार २९० कित्ता सेयर आइतवारबाट बोलकबोलमार्फत बिक्री गर्न लागेको हो ।


उक्त सेयरमा १३ असोजसम्म आवेदन दिन सकिनेछ । आवेदन दिँदा न्यूनतम १०० कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिनुपर्नेछ । कम्पनीले उक्त सेयरको न्युनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकेका छ । यसर्थ आवेदन दिँदा न्यूनतम १०० रुपैयाँ कबुल गरि आफ्नो बोलपत्र पेस गर्नुपर्नेछ ।


सेयर लिलाम प्रक्रियाको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । क्यापिटलको कार्यालय नक्साल तथा सिद्धार्थ बैंकको शाखाहरु विराटनगर, बिर्तामोड, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुंग, बुटवल , घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखाबाट बोलपत्र आवेदन बुझाउन सकिनेछ ।

प्रतिकृया