• ०५:४३ २०८१ बैशाख ७ गते
  • 5:43 am

नेप्सेमा दुई लघुवित्तको सेयर कारोबार रोक्का

प्रकाशित मिति

२०७९ आश्विन २ गते, आईतवार १२:३०

nepalstock

२ आश्विन २०७९, काठमाडौँ: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई लघुवित्तको सेयर कारोबार रोक्का गरेको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थाबीच एकआपसमा गाभिन वा मर्जरमा जाने सम्झौता भएसँगै नेप्सले यी दुई संस्थाको सेयर कारोबार रोक्का गरेको हो ।


यी दुई लघुवित्तबीच १ सय दशमलव ८७ को अनुपातमा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । मर्जरपछि बन्ने संस्थाको पुँजीकोष सात अर्बभन्दा बढी हुनेछ ।

प्रतिकृया