११ बजे सर्वोच्च पुग्ने तयारीमा थिएँ, सरकारले निवासको गेटमा नै तालाबन्दी गरिदियो : चोलेन्द्र
प्रकाशित मिति
२०७९ आश्विन २ गते, आईतवार ११:०७
२ आश्विन २०७९, काठमाडौँ: निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू सर्वोच्च अदालत जान तयार भइसकेपछि सरकारले गेटमा तालाबन्दी गरिदिएको बताएका छन् । संसद्को ‘आयु’ सकिएसँगै सर्वोच्च फर्कने तयारीमा रहेका जबराले आफू तयार भएर निस्कने बेला सरकारले गेटमा तालाबन्दी गरिदिएको बताएका हुन् ।
“म (आज) ११ बजे सर्वोच्च पुग्ने तयारी गर्दै थिएँ र त्यसानुसार तयार भएको थिएँ,” जबराले भने, “तर, सरकारले गेटमा तालाबन्दी गरिदिएको छ ।” ‘सर्वोच्चको गेटमा कि निवासको गेटमा तालाबन्दी ?’ भन्ने प्रश्नमा उनले आफ्नो निवासमा तालाबन्दी गरेर प्रहरी तैनाथ गरिएको जानकारी दिए ।
प्रतिकृया