मन्त्री कुँवर र साउदी अरेबियाका राजदूत हैमदबीच भेट
प्रकाशित मिति
२०७९ भाद्र ३१ गते, शुक्रबार ०४:५७
३१ भाद्र २०७९, काठमाडौँ: श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र नेपालका लागि साउदी अरेबियाका राजदूत साद नासेर अब्दुल्ला अबु हैमदबीच भेटवार्ता भएको छ । राजदूत हैमद मन्त्री कुँवरलाई भेट्न शुक्रबार मन्त्रालय आएका थिए ।
भेटमा साउदी अरेबियामा काम गर्ने नेपाली श्रमिकको सुरक्षाका विषयमा छलफल भएको छ । मन्त्री कुँवरले साउदी अरेबियामा काम गर्न जाने नेपालीको समस्या र उनीहरुको सुरक्षाका लागि सहकार्य गर्नु पर्नेमा जोड दिएका थिए ।
उनले साउदी अरेबियासँग नेपालले समयमै द्धिपक्षीय श्रम सम्झौता गर्न नसकेकाले श्रम आप्रवासनका क्षेत्रहरु व्यवस्थित हुन नसकेको बताए। त्यस्तै उनले राजदुत हैमदलाई दुई देशबीचको श्रम सम्झौताको काम अगाडी बढीसकेकाले अब चाँडै श्रम सम्झौता हुने जनाकारी गराए ।
उनले नेपालबाट साउदीमा सीपयुक्त जनशक्ति पठाउनका लागि त्यहाँको सरकारले पनि सहयोग गर्नु पर्ने बताए । त्यस्तै उनले साउदीमा काम गर्ने नेपाली कामदारलाई त्यहाँको सरकारले रोजगारको अवधि सकिएपछि बहिर्गमन भिसा समयमै नदिँदा नेपालीले कामदारले समस्या भोग्ने गरेकाले यसमा विशेष सहयोग गरिदिन आग्रह समेत गरेका छन् ।
भेटमा राजदूत हैमदले नेपाल र साउदी अरेबियाको सम्बन्ध मैत्रीपूर्ण भएकाले नेपाली कामदारले भोग्ने गरेका समस्या समाधानका लागि आफुले सक्दो पहल गर्ने बचन दिए ।
प्रतिकृया