यसवर्षको दशैंको अग्रिम टिकट बुकिङ शनिबारदेखि खुल्ने, कहाँ जान कति लाग्छ भाडा ? (भाडा सूचि सहित)
प्रकाशित मिति
२०७९ भाद्र ३१ गते, शुक्रबार ०१:१७
३१ भाद्र २०७९, काठमाडौँ: यसवर्षको दशैंका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ शनिबार भोली असोज १ गतेदेखि खुल्ने भएको छ । यातायात व्यवस्था विभागले शनिबार भोली विश्वकर्मा पूजाको दिनको अवसर पारेर दशैंका लागी अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको हो ।
यसपटकको दशैंका लागि २७ असार, २०७९मा तोकिएको भाडादर अनुसार यात्रुले टिकट काट्ने सुविधा पाउने विभागले जनाएको छ । बढी भाडा लिएमा ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र नागरिक सहायता कक्षमा सम्पर्क गर्न सकिने विभागले आग्रह गरेको छ ।
हरेक बर्ष दशैंको समयमा आफ्नो आफ्नो गन्तव्यमा जाने यात्रुको सहजीकरणका लागि भन्दै अग्रिम टिकट बुकिङको व्यवस्था गरिन्छ । यो बर्ष पनि सबै सरोकारवालाहरुको सहमतिमा असोज १ गतेदेखि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय भएको भएको विभागले जनाएको छ ।
दशैंका बेला यात्रु आवतजावत सहजीकरण र जाम नियन्त्रणका लागि असोज १५ गतेदेखि २२ गतेसम्म नागढुंगा नौविसे सडकखण्डमा ठुला मालबाहक सवारीसाधन चल्न नपाउने व्यवस्थासमेत गरिएको विभागले जनाएको छ ।
दशैंमा कहाँ जान कति लाग्छ भाडा हेर्नुहोस् :
प्रतिकृया