• 12:05 pm

आजसम्म प्रयोग भइरहेका सबै मोबाइल सेट एमडिएमएसमा स्वतः दर्ता हुने

प्रकाशित मिति

२०७९ भाद्र ३० गते, बिहीबार ०३:०७

३० भाद्र २०७९, काठमाडौंः नेपाल दूरसञ्चार प्राधिकरणले ३० भदौसम्म नेपालमा चलाइरहेका सबै मोबाइल सेट स्वतः एमडिएमएस प्रणालीमा दर्ता हुने व्यवस्था मिएको जनाएको छ। ३० भदौपश्चात विदेशबाट व्यक्तिगत तवरले ल्याएका मोबाइल सेटलाई अनिवार्य रूपमा एमडिएमएस प्रविधिमा दर्ता गर्नुपर्ने अर्थात् एमडिएमएसमा दर्ता नभएका मोबाइल सेटले काम गर्ने छैनन्।


यही कारण प्राधिकरणले ३० भदौपछि खरिद गरेका मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडिएमएस प्रणाली (mdms.nta.gov.np) मा दर्ता भएरनभएको एकिन गर्न आग्रह गरेको छ। मोबाइल व्यापारीहरूलाई पनि मोबाइल आयात गर्दा प्राधिकरणको स्वीकृति लिन आग्रह गरेको छ।

प्राधिकरणको सूचना:

प्रतिकृया