• ०६:१३ २०८१ बैशाख ७ गते
  • 6:13 am

प्रोटोनको दशैं, तिहार अफर ‘गन्तव्य खुशीयालीको’

प्रकाशित मिति

२०७९ भाद्र २९ गते, बुधबार ०७:०६

Proton X70 price in nepal f4GtBjH9X5

२९ भाद्र २०७९, काठमाडौँ : दशैं तिहारलाई लक्षित गर्दै प्रोटोनले ’गन्तव्य खुसियालीको’ अफर ल्याएको छ । यो योजना अन्तर्गत हरेक सागा सेडानको खरिदमा एनटर्क स्कूटर पाउन सकिने कम्पनीले जनाएको छ। यो अफरमा पहिलो वर्षको सडक कर र बिमा पाउनुका साथै सहज इन–हाउस फाइनान्स, एक्सचेन्ज बोनस र हरेक टेस्ट ड्राइभमा आकर्षक उपहारहरू पनि पाउन सकिन्छ।


यो अफर प्रोटोनका सागा सेडान र एक्स् ५० र एक्स् ७० एसयुभीमा मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ। यो योजना भाद्र ३० गतेदेखि देशभर सीमित अवधिका लागि लागू हुनेछ । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स नेपालको लागि प्रोटोनका गाडीको आधिकारिक वितरक हो । जगदम्बा मोटर्सले प्रोटोनको सेल्स, सर्भिस र स्पेयर पार्ट्स उपलब्धता सुनिश्चित गर्न राष्ट्रव्यापी रुपमा डिलरहरुको संजाल निर्माण गरेको छ।

प्रतिकृया