अख्तियार दुरुपयोग आयोगद्धारा सब इन्जिनियरको नक्कली मार्कसिट सम्बन्धमा आरोपपत्र दायर गरियो
प्रकाशित मिति
२०७९ भाद्र २९ गते, बुधबार ०५:५२
२९ भाद्र २०७९, काठमाडौँ: अख्तियार दुरुपयोग आयोगले समाजमा घटेका अपराध तथा विसंगति वरिुद्ध आवाज उठाउँदै आएको छ र आवश्यक परेको ठाउँमा आरोपपत्र पनि दायर गरेको छ । यसै सन्दर्भमा सरकारी कार्यालयमा कार्यरत इन्जिनियराके विरुद्ध काठमाडौं विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
अख्तियारका अनुसार जिल्ला सल्यान, दार्मा गाउँपालिकामा कार्यरत तत्कालीन करार सव-इन्जिनियर विष्णु रोकायको सम्पूर्ण मार्कसिटहरु नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला सल्यान, दार्मा गाउँपालिका सल्यानको सव-इन्जिनियर पदमा मिति २०७४।९।१६ देखि 207६।0२।०८ सम्म करारमा नियुक्ति भई कार्य गरेका विष्णु रोकायले नियुक्तिका वखत पेश गरेको Diploma in Civil Engineering को शैक्षिक प्रमाणपत्र (Academic Transcript) पाल्पा इन्जिनियरिङ कलेज तानसेन पाल्पाबाट जारी भएको भनी झुट्टा प्रमाणपत्र बनाई पेश गरी राष्ट्रसेवकको ओहदामा बहाल रही आफूलाई लाभ वा सुविधा पाउने उद्देश्यले Diploma in Civil Engineering को शैक्षिक योग्यताको झुट्टा (नक्कली) प्रमाणपत्र पेश गरेको देखिँदा निज विष्णु रोकाय उपर भ्रष्टाचार निवारण ऐन, 2059 को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम समेतको सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, 2048 को दफा 18 र दफा 35 एवं भ्रष्टाचार निवारण ऐन, २०59 को दफा 36 बमोजिम आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।
प्रतिकृया