• 5:55 pm

संक्रमणकालीन न्यायको विषय टुंग्याउन एमाले तयार छ : उपाध्यक्ष नेम्वाङ

प्रकाशित मिति

२०७९ भाद्र २९ गते, बुधबार ०३:३६

२९ भाद्र २०७९, काठमाडौँ: नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले संक्रमणकालीन न्यायको विषय सबैको साझा विषय भएको उल्लेख गरेका छन् । मंगलवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।


उनले संक्रमणकालीन न्यायको विषय सबैको साझा विषय भएकाले सबैले मिलेर टुंग्याउनुपर्ने बताए । उनले संक्रमणकालीन न्यायको विषय टुंग्याउने कुरामा नेकपा एमालेको साथ र सहयोग सदैव रहने प्रतिवद्धता जनाए । उनले संक्रमणकालीन न्यायको विषय निर्विवादित रुपमा सहमतिबाट नै टुंगिनुपर्ने बताए ।


उनले भने, ‘यो विषय हामी सबैको साझा विषय हो । यो विषय हामी सबैले टुंग्याउनुपर्ने साझा विषय हो । त्यसमा हामी प्रष्ट छौँ । यो विषयलाई हामी यही पटक टुंग्याउनको लागि लागौँ । हाम्रो त्यसमा साथ सहयोग हुन्छ । मुलभुत रुपमा सहमति गरेर नै हामी यहाँसम्म आइपुगेका हौँ । अन्तिमसम्म पुग्दा अझै निर्विवादरुपमा निस्कियोस् । यो संक्रमणकालीन न्यायको सिद्धान्त बमोजिम टुंगिनुपर्छ । तर कतिसम्म गर्ने यसमा छलफल गरौँ ।’


कानून, न्याय तथा मानवअधिकार समितिको अर्को बैठक आज नै अपरान्ह ४ बजेका लागि बोलाइएको छ ।

प्रतिकृया