• 5:01 pm

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७९ भाद्र २९ गते, बुधबार ०६:०३

२९ भाद्र २०७९, काठमाडौँ : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १२६ रुपैयाँ ३४ पैसा र बिक्री दर १२६ रुपैयाँ ९४ पैसा रहेको छ। युरो एकको खरिद दर १२८ रुपैयाँ ५० पैसा र बिक्री दर १२९ रुपैयाँ २० पैसा रहेको छ।


बेलायती पाउण्ड एकको खरिद दर १४८ रुपैयाँ २० पैसा र बिक्री दर १४८ रुपैयाँ ९० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ५८ पैसा र बिक्री दर ३४ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिकृया