• ०५:१० २०८१ बैशाख ७ गते
  • 5:10 am

नेप्से दोहोरो अंकले घट्यो

प्रकाशित मिति

२०७९ भाद्र २७ गते, सोमबार ०४:०१

nepse e1615802710649

२७ भाद्र २०७९, काठमाडौं : सेयर बजारको परिसूचक नेप्से सोमबार पनि दोहोरो अंकले घटेको छ । आइतबार ११.४७ अंक घटेको बजार सोमबार थप १३.५४ अंक घटेर १९१२ अंकमा कायम भएको छ । कुल ८३ करोड १६ लाख रुपैयाँको कारोबार भएको छ । आइतबार करिब ७५ करोडको कारोबार भएको थियो । कुल २८ कम्पनीको मूल्य बढ्दा १४९ को घट्यो भने १२ को स्थिर रह्यो ।


बैंकिङ ५, विकास बैंक १४, फाइनान्स १७, होटल तथा पर्यटन ६, जलविद्युत् ३०, जीवन बीमा ५२, उत्पादन १३, माइक्रोफाइनान्स ३०, निर्जीवन बीमा ४६, अन्य २३ र ब्यापार उपसमूह ७ अंक घटे । युनाइटेड इदी मर्दीको मूल्य सबैभन्दा धेरै ४ प्रतिशत बढ्यो भने सामुदायिक लघुवित्तको ५.८ प्रतिशत घट्यो ।


कारोबार रकमका आधारमा नबिल बैंक, रिडी पावर, हिमालयन डिस्टिलरी, अपी पावर र पुनर्बीमा कम्पनी क्रमशस् अगाडि रहे।

प्रतिकृया