• ०६:१८ २०८१ बैशाख ७ गते
  • 6:18 am

आज सुन–चाँदीको मूल्य बढ्यो

प्रकाशित मिति

२०७९ भाद्र २३ गते, बिहीबार ११:४०

gold 1 e1654839302113

२३ भाद्र २०७९, काठमाडौं: बिहीबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। बुधबार प्रतितोला एक हजार रुपैयाँ घटेको सुनको मूल्य बिहीबार भने प्रतितोला आठ सय रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।


बुधबार छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ११ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला ११ सय १० रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला २५ रुपैयाँ बढेको हो।


आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिकृया